पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपियोः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पार्टीलाई माया गरेपनि एमालेकै नेताहरूबाट जोगाउन मुश्किल भएको टिप्पणी गरेका छन्। बिहीबार जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन अध्यष्क्ष ओलीले आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बनेको बताएका हुन् ।

अध्यक्ष ओलीको भनाई उदृत गर्दै केन्द्रीय सदस्य विष्णु रिजालले भने,‘जनताले नेकपा (एमाले) लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’ पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको ओलीको भनाइ थियो।

 

प्रतिक्रिया