बलिउडको चर्चित मुद्धामा अम्बरले क्षतिपूर्तिबापत २ मिलियन डलर तिर्नुपर्ने

वासिङ्टन। हलिउडका दुई चर्चित कलाकार जोनी डेप र उनको पूर्व श्रीमती अम्बर हर्डको मुद्धा जोनी डेपले जितेका छन्। भर्जिनियाको एक अदालतले बुधबार जोनीको पक्षमा फैसला गर्दै उनलाई १५ मिलियन डलर मुआवजा दिन भनेको छ। यस्तै, अम्बरले मानहानीबापत थप २ मिलियन डलर तिर्नुपर्ने छ। 
 
अम्बरले आफ्नो पूर्व श्रीमानमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन। यसपछि डेपले मानहानी मुद्धा दायर गरेका थिए। अदालतको फैसलाले आफूलाई निरास तुल्याएको बयान अम्बरले दिएकी छिन्। उनले अदालतको निर्णयले अन्य महिलामाथि घरेलु हिंसा बढ्ने दावी गरेकी छिन्। 

प्रतिक्रिया