‘सफोकेसन’ का कारण केकेको ज्यान गएको आशंका

कोलकाता। भारतको कोलकाता शहरमा लाइभ कन्सर्ट गरेर फर्किएका बलिउडका चर्चित गायक केके (कृष्ण कुमार कुन्नथ) को निधन ‘सफोकेसन’ का कारण भएको हुनसक्ने आशंका गरिएको छ। 

५३ वर्षीय गायकको कन्सर्ट हेर्न उपस्थित एक प्रत्यक्षदर्शीले कार्यक्रम भएको स्थानको एयर कन्डिसन (एसी) नचलेको र गायकले थुप्रै पल्ट एसी सञ्चालन गर्न आग्रह गरेको बताएका छन्। प्रत्यक्षदर्शीले बन्द अडिटोरियममा क्षमताभन्दा बढी भिड भएको बताएका छन्। यस कारण केके शरीरबाट अत्याधिक पसिना निस्किरहेको थियो। 

कार्यक्रम स्थलको क्षमता २७ सयको थियो। तर, कलेजको कार्यक्रम भएका कारण ७ हजार मानिस उपस्थित भएका थिए। अझ भिडलाई नियन्त्रणमा राख्न आगो निभाउने फमको प्रयोग गरिएको थियो। कोलकाताका मेयर फिरहाद हकिमले पनि क्षमताभन्दा बढी मानिस उपस्थित भएको स्विकार गरेका छन्। उनले भने, ‘भिड नियन्त्रणका लागि आगो निभाउने फम प्रयोग गरिएको थियो। 

इन्टरनल मेडिसनकी कन्सल्टेन्ट डा. हेमलताका अनुसार बन्द कोठामा क्षमताभन्दा बढी दुई–तीन गुणा मानिस उपस्थित हुन्छन् भने गर्मी बढ्ने गर्छ, जसले हिटस्ट्रोक हुने सम्भावना रहन्छ। शरीरमा पसिनासँगै सोडियम र पोटासियम बाहिरिने गर्छ। पोटासियमको कमिले मुटुमा सिधा असर पर्ने उनको भनाई छ।  

प्रहरी अहिले पनि उनको निधनको गुत्थी सुल्झाउन तल्लिन छ।  
 

प्रतिक्रिया