गायक चित्र आठपरियाको गीत सार्वजनिक 

काठमाडौं। गायक चित्र आठपहरिया राईको स्वरमा ‘हाम्रो प्रीतको गीत भयो जित भएन ,मनको आगो निभाउने शीत भएन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

युट्युवमार्फत प्रिमियर गरिएको गीत नितेन बान्तवाले लेखेका हुन्। इलाम शान्तिपुर घर भएका गीतकार बान्तवा राईले आफैले अनेक पीडा दुःखसुखको भोगाइबाट गीत सिर्जना भएर लेखेको बताउँछन्। गीतको संगीत गायक स्वयम् चित्रले दिएका हुन्।

पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक जोन राईले निर्देशन गरेको भिडियोमा मोडेल सरोज दहाल,सुनिता वाइबा,कलाकार प्रान्क मास्टर कपिल मगरले अभिनय गरेका छन् । गीतकार नितेन बान्तवा आफैले गीत राम्रो बनेको बताउँदै भिडियोबाट आशावादी रहेको बताए ।

 

प्रतिक्रिया