पार्टीका उम्मेदवार हराउन षड्यन्त्र गरेको आरोपमा एमालेका नेता कारबाहीमा

पोखरा । नेकपा एमाले कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो ।

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठित सदस्य मनोज पहारी, वडा नम्बर ३३ का वडा कमिटी उपाध्यक्ष महेश अर्याल र वडा नम्बर ३३ कै संगठित सदस्य प्रशान्त आचार्यलाई कारबाही गरिएको छ। उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरेर पार्टी साधारण सदस्यबाट निलम्बन गरेको जिल्ला अध्यक्ष गुरूङले जानकारी दिए।

प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो। आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउँदै एमाले उम्मेदवार हराउन भूमिका खेलेको एमाले कास्कीको भनाइ छ ।

pokhara-uml-karbahi

प्रतिक्रिया