रुससँग पाकिस्तान तेल किन्न तयार

काठमाडौं– पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले अमेरिकी प्रतिबन्धको उल्लंघन नगरे आफ्नो देश रुसबाट सस्तो मूल्यमा तेल किन्न तयार रहेको बताएका छन्।

सीएनएनलाई दिएको अन्तर्वार्तामा इस्माइललाई भारतजस्तै पाकिस्तान पनि रुसबाट सस्तो मूल्यमा तेल किन्न तयार छ कि भनेर सोधिएको थियो। यसबारे पाकिस्तानी अर्थमन्त्रीले भने, ‘अवश्य पनि हामी यसमा विचार गर्नेछौं।’

तर, पाकिस्तानलाई रुसबाट अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव नआएको पनि इस्माइलले बताए। इस्माइलको यो भनाइलाई लिएर विपक्षी नेता शिरिन मजारीले उनलाई झुटो भनेका छन्।

इस्माइलको यो अन्तर्वार्ता क्लिप सेयर गर्दै इमरान खानको सरकारमा मन्त्री रहेका शिरिन मजारीले ट्वीट गरे, ‘यो व्यक्ति झूटो हो। उनले भनेका छन् यदि प्रतिबन्धहरू उल्लंघन भएन भने हामी रूसबाट तेल किन्नेछौं। रुसबाट तेल किन्नमा कुनै प्रतिबन्ध छैन, भारतलाई सोध्नुहोस्।’

प्रतिक्रिया