रुसी तेल आयात गर्न बुल्गेरियालाई ईयूको छूट

काठमाडौं– युरोपेली संघ (ईयू)ले सन् २०२४ को अन्त्यसम्म रुसबाट तेल आयातको लागि बुल्गेरियालाई छूट दिने निर्णय गरेको छ।

बुल्गेरियाका प्रधानमन्त्री  किरिल पेटकोभले मंगलबार ईयूले रुसमाथि लगाएको छैटौं प्याकेजको प्रतिबन्धमा छूट पाएको बताएका हुन्। 

सोमबार राति इयू नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए– हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रका लागि अस्थायी छूट दिइनेछ। 

प्रतिक्रिया