अभिनेत्री काण्डमा भिक्षु तामाङ ३ हजार धराैटीमा रिहा

काठमाडाै‌। कबड्डी–४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका २४ वर्षीय युवा फुर्वा तामाङ ३ हजार धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएपछि मंगलबार दिउँसो तामाङ धराैटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

फिल्म प्रमोशनमा जाँदै गर्दा काठमाडौंको सिभिल मलमा आफूमाथि तामाङले अभद्र व्यवहार गरेको आरोप अभिनेत्री मिरूनाले लगाएकी थिइन्।  उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्। सामाजिक सञ्जालमा उक्त घटनाकाे भिडिओ सार्वजनिक भएपछि तामाङ माथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो। उनको पक्राउलाई लिएर मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा विरोध प्रदर्शन पनि भएकाे थियाे। भिक्षुसमेत रहेका तामाङलाई निशर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने प्रदर्शनकारीकाे माग थियो। कबड्डी–४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफल पनि भएको थियो।

धराैटीमा रिहा भएका युवा मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ का स्थायी वासिन्दा हुन्। आइतबार दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए।

 

प्रतिक्रिया