मुसेवालको हत्यापछि मिकाको सुरक्षामा ५० सुरक्षाकर्मी तैनाथ

जोधपुर। पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि चर्चित गायक मिका सिंहको सुरक्षा पञ्जाब सरकारले बढाएको छ। मिका हिजोआज जोधपुरमा रियालिटी शोको सुटिङमा व्यस्त छन्। 

जोधपुरका पुलिस कमिश्नरले मिकाको सुरक्षा थप गरिएको जानकारी दिए। सोमबार राती मिका बसेको जोधपुरको होटलमा ५० सुरक्षाकर्मी तैनाथ थिए। सुटिङ स्थलको बाहिर पनि उनलाई सुरक्षा दिइरहेको दृश्य देखिएको थियो। ड्रोनबाट होटलको निगरानी पनि भइरहेको प्रहरीले बताएको छ। 

mika singh1

डिसिपी भुवन भूषण यादवका अनुसार मुसेवालाको हत्यापछि मिकाको सुरक्षामा विशेष ध्यान दिइएको हो। यद्यपि मिकाले सुरक्षाको कुनै माग गरेका थिएनन्। मिकाले सोसल मिडियामार्फत मुसेवालको हत्याको निन्दा गरेका थिए। उनले हत्यालगत्तै लोरेन्स समूहले लेखेको पोस्ट शेयर गर्दै यस्ता पेजलाई प्रतिबन्ध लगाउन माग गरेका थिए। उनले लोरेन्सको फेसबुक पेजको स्कि्रन सट नै पोस्ट गरेका थिए। उनको ट्वीटपछि प्रहरीले सावधानीका लागि सुरक्षा बढाएको हो। 

मिका हाल स्वयम्बर ‘मिका दि वोटी’ नामक रियालिटी शोको सुटिङमा व्यस्त छन्। जहाँ उनले आफ्नो श्रीमतीको खोजी गर्नुपर्ने छ। 

याे पनि

गायक मुसेवालाको हत्यामा ७ जना संलग्न, ३० राउण्ड गोली प्रहार

फेरि अर्की अभिनेत्रीको आत्महत्या

साहरुखका छोरा आर्यनलाई ‘ड्रग्स केस’ बाट उन्मुक्ति

प्रतिक्रिया