साहरुखका छोरा आर्यनलाई ‘ड्रग्स केस’ बाट उन्मुक्ति

मुम्बई। बलिउड अभिनेता साहरुख खानका छोरा आर्यनले ‘क्रुज ड्रग्स केस’ बाट उन्मुक्ति पाएका छन्। उनीविरूद्ध नारकोटिक्स कन्ट्रोल ब्युरोले कुनै प्रमाण जुटाउन नसकेपछि उनलाई यो मुद्धाबाट क्लिनचिट दिइएको छ। 

क्रुज केसमा पैसाको लेनदेन भएको कुरा बाहिरिएपछि यो विवाद विशेष अनुसन्धान समितिलाई सुम्पिएको थियो। यसैको रिपोर्टको आधारमा आर्यनले उन्मुक्ति पाएका हुन्। गत अक्टुबर २ मा उनलाई मुम्बईबाट गोवा हिँडेको कोर्डेलिया क्रुजमा भइरहेको पार्टीको बेला समातिएको थियो। यतिबेला ड्रग्स खरिद गरेको भन्दै आर्यनविरूद्ध मुद्धा दायर गरिएको थियो। यो मुद्धामा मुनमुन धमेचा र अरबाज मर्चेन्ट पनि समातिएका थिए। आर्यनलाई २६ दिन आर्थर रोडस्थित जेलमा राखिएको थियो। 
 

प्रतिक्रिया