फेरि अर्की अभिनेत्रीको आत्महत्या

कोलकाता। बंगाली टिभी अभिनेत्री विदिशा डे मजुमदारले आत्महत्या गरेकी छिन्। बुधबार राती डमडमस्थित नागरबजारमा २१ वर्षीय मोडलको शरीर झुण्डिएको अवस्थामा आफ्नै अपार्टमेन्टमा फेला परेको हो। 

डेढ महिनाअघि मात्र उनी यो फ्लाटमा सरेकी थिइन। प्रहरीले उनको कोठाबाट सुसाइड नोट बरामद गरेको बताएको छ। 

विदिशाको परिवार तथा उनका साथीहरूले प्रेम सम्बन्धमा तनाव भोगिरहेको बताएका छन्। उनी प्रतिभाशाली मोडल र अभिनेत्री थिइन। त्यसैले उनको निधनले बंगाली कला क्षेत्र स्तब्ध भएको छ।  

विदिशाको कोठाबाट फेला परेको नोटमा उनले कसैलाई दोष नलगाएको प्रहरीले बताएको छ। तर, विदिशाको आमा–बुृवाले नागरबजार प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन्। विदिशाले सन् २०१९ मा फ्रिलान्स मोडलिङ सुरु गरेकी थिइन। उनको आफ्नै जिम ट्रेनरसँग सम्बन्ध भएको बताइएको छ। दुवैको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो। 

भारतीय सिने उद्योगमा थुप्रै कलाकारले आत्महत्या गरिसकेका छन्।   
 

प्रतिक्रिया