यसरी काठमाडौं ल्याइयो तारा एयरमा निधन भएका यात्रुको शव (फोटो फिचर)

काठमाडौं। गत आइतबार दूर्घटनाग्रस्त तारा एयरलाइन्सको ट्वीनेटरमा दिंवगत २२ जनाको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय व्यक्तिको प्रयासमा पोखराबाट जोमसोमतर्फ लागेको विमानको दूर्घटनाग्रस्त भंगनावशेष १९ घण्टापछि सोमबार फेला परेको थियो। सेनाले शवको पहिचानका लागि सोमबार साँझ पोस्टमर्टमका लागि काठमाडौं ल्याएको हो। 

जहाज मुस्ताङको थासाङ गाविस–२ स्थित सानुसरेमा फेला परेको हो। दूर्घटनास्थलबाट विमानको ब्ल्याकबक्ससमेत फेला परिसकेको छ। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको हो। सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।

tara crash16

tara crash15

tara crash

tara crash13

tara crash14

tara crash11

tara crash12

tara crash9

tara crash8

 

tara crash4

tara crash2

tara crash1

tara crash3

याे पनि

‘डिभोर्स फायल’ गरेर नेपाल घुम्न आएको भारतीय दम्पति एउटै विमानमा मारिए

दुर्घटनाग्रस्त तारा एयरको ब्ल्याकबक्स फेला

गायक मुसेवालाको हत्यामा ७ जना संलग्न, ३० राउण्ड गोली प्रहार

प्रतिक्रिया