युक्रेन युद्धमा ५० भन्दाबढी खेलाडीको निधन

काठमाडौं। रुसको आक्रमणमा ५० भन्दा बढी युक्रेनी खेलाडीको निधन भएको छ। युक्रेनका युवा तथा खेलकुद मन्त्री वादिम गुट्जितोले आइतबार यसको जानकारी दिँदै भने, ‘देशका लागि लड्दै गर्दा ५० भन्दा बढी खेलाडी शहिद भएका छन्।’

उनले मृतक खेलाडी विभिन्न विधाको भएको पनि जानकारी गराए। ‘यी खेलाडीले अन्तर्राष्ट्रियस्तरमा युक्रेनको प्रतिनिधित्व गरिसकेका छन्,’ उनले भने। यद्यपि खेलाडीले रुस–युक्रेन युद्धमा ज्यान गुमाएका छन् तर सेनामा भर्ति हुन चाहने खेलाडीमा कमि आएको छैन। ‘हामी हरेक खेलाडीको योगदानलाई नमन गर्न चाहन्छौं। शहिद खेलाडीको आत्मा शान्तिको लागि प्रार्थना गर्छौ,’ उनले भने। 

उनले कठिन अवस्थामा पनि खेलाडीहरूले युरोपेली च्याम्पियनसिप र ओलम्पिक २०२४ का लागि तयारी गरिरहेको जानकारी दिए। केही खेलाडीले युक्रेनमा बसेर तथा कोही विदेशमा अभ्यास गरिरहेका छन्। 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरूद्ध २४ फेब्रुअरीमा युद्धको घोषणा गरेका थिए। 
 

प्रतिक्रिया