रियललाई १४ औं पल्ट च्याम्पियन्स लिगको उपाधि

काठमाडौं। रियल म्याड्रिड १४ औं पल्ट युरोपको सबैभन्दा प्रतिष्ठित युरोपियन लिग च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। फ्रान्समा राती भएको फाइनल खेलमा इंग्ल्याण्डको लिभरपुललाई १–० गोलले पराजित गर्दै उसले ४ वर्षपछि पुनः उपाधि घर फर्काएको हो। 

सन् २०१७–१८ को सिजनमा पनि लिभरपुललाई युक्रेनको केभमा पराजित गर्दै म्याड्रिडले उपाधि जित्न सफल भएको थियो। तर, त्यतिबेलाको नतिजा ३–१ थियो। 

यसपालि लिभरपुलले दबाब बनाउन सफल भएपनि नतिजा स्पेनिस क्लबलाई नै सुम्पिनु पर्यो। दोस्रो हाफको ५९ मिनेटमा ब्राजिलियन विङ्गर भिनिसियस जुनियरले गोल गर्दै लिभरपुललाई स्तब्ध तुल्याए। फेड्रिसियो भाल्भाडेको सटिक पासमा भिनीले गोल गरेका थिए। 

रियलका प्रशिक्षक कार्लो एन्सिलोटीको लागि फाइनल खेल स्मरणीय बनेको थियो। उनी चार पल्ट च्याम्पियन्स लिग जिताउने प्रशिक्षक बन्न सफल भएका छन्। उनी भन्दाअघि बब पेस्ले र जिनेदिन जिदानले तीन पल्ट उपाधि जिताएका थिए। 
 

प्रतिक्रिया