गणतन्त्र दिवसमा ८३४ कैदीबन्दीको सजाय माफी मिनाहा

काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाहा गरेको छ । जेठ १० गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई जेठ १५ गते अर्थात् आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा गरेकी हुन् । तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै जेठ १३ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा उमाकान्त पराजुलीसमेतका १६ जना कैदीबन्दीको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

2022-05-27-002-1489x2048

01-1117x1536

 

प्रतिक्रिया