सिन्धुपाल्चोकमा टहरमाथि एम्बुलेन्स खस्दा सुतिरहेकी एक महिलाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। 

लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित दुई किलो नजिकै बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। 

सडकबाट एम्बुलेन्स खसेर सडकमुनिको टहरमा पर्दा त्यहाँ सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको हो।

प्रतिक्रिया