काठमाडौं महानगरपालिका १३ मा एमाले विजयी

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १३ को वडाध्यक्षसहित सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन्। 

मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर ३ हजार १२४ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला निर्वाचित भएकी छन्। 

यस्तै खुला सदस्यमा एमालेका रुपेश महर्जन र रामबाबु कोइराला निर्वाचित भए। 

अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना चलिरहेको छ।

प्रतिक्रिया