५ वर्षे कार्यकालका लागि डब्ल्यूएचओको महानिर्देशकमा पुन: डा गेब्रेयसस निर्वाचित

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्। 

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन्।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए। पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भएका हुन्। गेब्रेयसस एक्लो उम्मेदवार थिए।

महानिर्देशक डा गेब्रेयससको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्टदेखि सुरु हुने छ।

प्रतिक्रिया