इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द

इलाम– इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ।

सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ। वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य समेत प्रभावित भएको छ। बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ। विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ।     

सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मंगलबार पनि सहज हुन सकेन। नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हालसम्म पत्ता लगाउन सकेको छैन। 

केन्द्रका प्रमुख बेगराज पौडेलले हालसम्म ‘फल्ट’ पत्ता लाग्न नसकेको जानकारी दिए। उनले इलाम सबस्टेशनबाट सदरमुकाममा वितरण गरिएको मुख्य लाइनमा समस्या रहेको हुनसक्ने बताए। 

प्रतिक्रिया