फेरि संकटमा सलमानको दबंग टुर

काठमाडाै‌ं।  बलिउड अभिनेता सलमान खानको काठमाडौंमा आयोजना हुने भनिएको कार्यक्रम पुनः स्थगित भएको छ। उनको कार्यक्रम जेठ १४ गते दशरथ रंगशालामा तय थियो। ‘दबंग टुर रिलोडेड’ नाम दिइएको यो कार्यक्रम पहिले पनि स्थगित भएको थियो। 

आयोजक ओडिसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजक रहेको कार्यक्रममा प्रवेशका लागि ५ हजार, १०, १५ र २५ हजारको टिकट बिक्रि भइसकेको छ। यसअघि पनि सलमानको कार्यक्रम स्थगित हुँदा टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए।

यस कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकार सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो। 


 

प्रतिक्रिया