पाँच डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका पाँचजना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँचजना डिआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।

प्रतिक्रिया