काबुलमा बम विस्फोट, एक जना घाइते

काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा आइतबार पूर्वतालिवान नेताको पुण्यतिथिको अवसरमा बम विस्फोट भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार यस विष्फोटमा कम्तीमा एक जना घाइते भएका छन्।

तालिवान प्रशासनका अधिकारीहरुका अनुसार मुल्लाह अख्तर मन्सुरको पुण्यतिथि मनाउनका लागि तालिवानका वरिष्ठ नेताहरु जम्मा भएका होटलबाहिर विस्फोट भएको हो।

सन् २०१६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तमा अमेरिकी ड्रोन हमलामा मुल्लाह अख्तर मन्सुर मारिएको बताइएको छ।

यद्यपि, अहिलेसम्म कुनै पनि संगठनले आइतबार गराइएको विस्फोटको जिम्मेवारी लिएको छैन। तर, आतंकवादी संगठन इस्लामिक स्टेटले विगतमा यस्ता धेरै विस्फोट गराएको छ।

प्रतिक्रिया