अफगानिस्तानमा अनुहार छोपेर देखा परे महिला प्रस्तोता, पुरुषहरूले पनि मास्क लगाए जनाए ऐक्यबद्धता 

काठमाडौं– अफगानिस्तानमा टिभी कार्यक्रम प्रस्तुत गर्ने महिलाहरूले तालिवानको आदेशको बाबजुद पनि आफ्नो काम जारी राख्ने बताएका छन्।

तालिवानले अफगानिस्तानमा काम गर्न चाहने महिलाले आफ्नो अनुहार छोप्न आदेश दिएको छ।

टोलो टिभीमा कार्यक्रम प्रस्तुत गर्ने महिला प्रस्तोता सोनिया नियाजीले भनिन्, ‘नयाँ नियम इस्लामको हिस्सा होइन।’

यो निर्णय अफगानिस्तानमा महिलाको सार्वजनिक उपस्थिति समाप्त गर्ने प्रयास भएको उनले बताइन्।

आफ्ना महिला सहकर्मीहरूसँग ऐक्यबद्धता देखाउँदै टोलो टिभीका पुरुष प्रस्तोता सेवाघाट सेफरले अनुहारमा मास्क लगाएर साँझको मुख्य समाचार प्रस्तुत गरेका थिए।

यता, तालिवानका प्रवक्ता मोहम्मद सादिक अकिफ मोहजिरले भने अनुहार छोप्ने नियमको पालनाप्रति सन्तुष्टि व्यक्त गरे।

‘महिलालाई सीमान्तकृत गर्ने या काम गर्ने अधिकार खोस्ने सरकारको कुनै योजना छैन,’ उनले भने।

प्रतिक्रिया