काठमाडौँ महानगरपालिकाको १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौँ महानगरपालिकामा १४ वटा वडाको नतिजा सार्वजनिक भएको छ। हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ।

त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना कार्य जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनिसक्दा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३८ हजार ८९४ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का केशव स्थापितले २० हजार ९६५ र नेपाली कांग्रेसका सिर्जना सिंहले २१ हजार ५३८ मत प्राप्त गरेका काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोेलले पनि आफ्नो अग्रता कायमै राखेकी छन् । उनले ३८ हजार ३५१ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गरेका छन् ।


 

प्रतिक्रिया