अमेरिकी अभिनेत्री टिफनीको बाल साहित्य, “द लयला र अन्तिम कालो घोडा”

अमेरिकन हास्यकलाकार, अभिनेत्री टिफनी ह्याडिसले बाल अध्ययनका लागि “द लयला र अन्तिम कालो घोडा” नामक पुस्तक तयार पारेकी छिन् । सन् २०१८ मा टिफनी ह्याडिसलाई ख्यातीप्राप्त अखबार टाइमले संसारका १०० चर्चित व्यक्तिको दर्जामा राखेको थियो । टिफनी सारा कोर्नीलिया ह्याडिसले विभिन्न चर्चित टेलिभिजन पर्दा र नाटकहरुमा आफ्नो वर्चस्व स्थापित गरेकी छन् । उनीद्वारा अभिनित टेलिभिजनका शोहरुमा चेल्सी लेटली, द्याट्स सो र्याभन, माई नेम इज अर्ल, इन द मदरउड, रियल हजवेन्ड अफ हलिउड, लभिङ्ग यु इज रङ्ग आदी रहेका छन् ।

अचेल उनी बालबालिकासँगको सुमधुर सम्वन्ध प्रगाढ पार्न तल्लिन परेकी छिन् । उनको कितावमा लयला नामक पात्रलाई मुख्य रुपमा कालो घोडाको रुपमा प्रस्तुत गरिएको छ । एक अष्ट्रलियन अखबारलाई दिइएको अन्तवार्तामा उनले भनेकि छन्,“ विश्वमा केही आफ्नो बारेमा नयाँ धारणा होस भनेर मैले यो पुस्तक रचेकी हुँ । ४२ वर्ष उमेर भएकी ह्याडिसले हालै “बालबालिका किन अध्याँरो कुरामा रमाएका छन्” भन्ने बारेमा कथामा प्रस्तुत गरेकी छन् । वास्तवमा कल्पनाशिल विषयवस्तु नै आजको आवश्यकता हो भन्ने अभिनेत्री ह्याडिसले उक्त कुरा कथानक पात्र कालो घोडा लेला मार्फत सन्देश दिलाएको बताइएको छ ।

कथामा अभिभावक, साथि र सरसंगीहरु मायाको छानविनमा कसरी बालबालिकाहरु खोजमूलक हुने भन्ने कुरा आफुले लेख्न भ्याएको बताएकी छन् । उनी भन्छिन्,“ चित्रहरु मार्फत भावना साटासाट गरेर बालबालिका त्यसै चित्त बुझाएका हुन्छन् । वास्तवमा लेलाले किन यस किसिमका कुरा राखेकी हुन् यहि विषयवस्तु नै कथाको लेखनी भएको उक्त कुरा चरितार्थ गरिएको छ ।”

४० वर्षको यौवनमा ह्याडिसले के गरिन, के जितिन्, स्वत के पत्ता लगाइन, के ग्रहण गरिन समावेश गरिएको बताइएको हो । उनी थप भन्छिन् मेरो जीवनमा प्रथमत् केही परिवर्तन गर्नु छैन । उनी आफ्नो पुस्तक प्रदर्शन पछि बालक धर्मपुत्रको रुपमा राख्न चाहन्छिन् ।
स्रोतः पिपुल्स डटकम
 

प्रतिक्रिया