रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस विजयी

चितवन । चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनबाट मेयरमा निर्वाचित प्रलाद सापकोटाले एमालेका विमला दुवाडीलाई पराजित गरेका हुन्। सापकोटाले २० हजार ७९६ मत ल्याउँदा दुवाडीले १२ हजार ७२८ मत पाइन् । उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

एमालेका यादवप्रसाद पाठक १२ हजार ७२८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत पाए । यसअघि रत्ननगर नगरपालिकाको मेयर एमालेले जितेको थियो।

प्रतिक्रिया