नेपालगंजको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

नेपालगंज । नेपालगंज उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । विष्ट २३ हजार ४६० मत ल्याएर मेयरमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६७५ मत पाएका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दलाल वैश्यले ७ हजार ५९८ मत मात्र ल्याएका छन् ।

उपप्रमुखमा पनि गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका कमरुद्दिन राई ७ हजार ३५ मतान्तरले विजयी भएका छन् । राईले १८ हजार ९५० र एमालेकी शान्तिदेवी ढकालको १० हजार ९१५ मत ल्याइन् ।

प्रतिक्रिया