ललितपुरमा चिरिबाबुलाई ८ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं– ललितपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजार बढीको अग्रता कायमै राखेका छन्।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन्।

यता, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन्। 
व्यञ्जनकार महर्जनभन्दा ८ हजार ७१४ मतले पछाडि छन्।

उपप्रमुख तर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेको तर्फबाट उम्मेदवार दिएकी मञ्जली शाक्य बज्राचार्यले अग्रता कायमै राखेकी छन्। उनले १० हजार ४ सय मत पाएकी छन्।

गठबन्धनका उम्मेदवार बाबुराजा बज्राचार्यको ७ हजार १६८ मतसहित उनलाई पछ्याइरहेका छन्।

प्रतिक्रिया