काठमाडौं- चितवनको भरतपुर नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन्।
५३ हजार ३४६ मत गणना गर्दा दाहाल २० हजार २२४ मतसहित अग्रस्थानमा छिन्।
नेकपा एमालेका विजय सुवेदीले १६ हजार ९१७ मतसहित उनलाई पछ्याइरहेका छन्। यता, स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत पाएका छन्।
प्रतिक्रिया