‘पुष्पा–२’ निर्माणको बजेट ४०० करोड

मुम्बई। पैसा र चर्चा बटुलेको दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ को दोस्रो भाग पनि बन्ने भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनित यस फिल्मले निकै चर्चा कमाएको थियो। पुष्पाको पहिलो भाग निर्माणका लागि १ सय ९५ करोड रुपैयाँ लागेको थियो। अब बन्ने ‘पुष्पा–२’ को निर्माण लागत मात्र ४ सय करोडको हुने हिन्दी अखबारहरूले बताएका छन्। 

पुष्पा फिल्म हिट भएपछि यसको दोस्रो भाग पनि बन्ने निर्माताहरूले बताएका थिए। अब बन्ने दोस्रो श्रृंखलाको नाम ‘पुष्पाः द रुल’ हुनेछ। फिल्मको स्क्रिप्ट लेख्ने कार्य धमाधम भइरहेको छ। निर्माताहरूले दोस्रो भागको छायाकंन पनि अघिल्लो फिल्म जस्तै पूर्वी गोदावरीको मारेदुमिली जंगलमा हुने बताएका छन्। पुष्पाको पहिलो भागले मात्र हिन्दी भाषामा ११० करोड रुपैयाँ आम्दानी गरेको थियो। जबकी यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो। 

प्रतिक्रिया