१० पटक लगातार चुनाव जितेका नरसिंह ११औं पटकमा आफ्नै भतिजसँग पराजित

काठमाडौं– यसअघि लगातार १० पटक वडाध्यक्षमा चुनाव जितेका ललितपुरका नरसिंह व्यञ्जनकार ११औं पटकमा आफ्नै भतिजसँग पराजित भएका छन्। 

ललिपतुर महानगरपालिका–१० को वडाध्यक्षमा उम्मेदवारी दिएका ८१ वर्षीय व्यञ्जनकारले ५४३ मत ल्याएर। वडाध्यक्ष निर्वाचित नेपाली कांग्रेसका रबिन मान व्यञ्जनकारले ८२५ मत पाए।

नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्षमा जितेका थिए। त्यस वर्ष उनले कांग्रेसबाट उठेका माइलाबाका छोरा कर्मलाललाई पराजित गरेका थिए। 

नरसिंहले २०४९ बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेदवार बनेर जितेका हुन्।

२०४९ सालमा उनलाई कांग्रेसले उम्मेदवार बनाएको थियो। त्यतिबेला अन्य कुनै पार्टीले वडाध्यक्षमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए।

२०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट दिएन। त्यसपछि वडाबासीले उनलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। त्यो चुनावमा नरसिंहबाहेक सबै उम्मेदवारको जमानत जफत भएको थियो। 

प्रतिक्रिया