ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

फुङ्लिङ– ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ। नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ। नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ।  

प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा कांग्रेस विजयी भएको छ। यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

त्यस्तै उपाध्यक्षमा कांग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ। एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ। यस्तै मिक्वाखोला, सिदिङवा र सिरिजङ्गामा माओवादी केन्द्रले उपाध्यक्षमा जितेको छ। मेरिङदेनमा एकीकृत समाजवादी उपाध्यक्षमा विजयी भएको छ।  

नौ स्थानीय तहको ६१ वडामध्ये ३० वडामा एमाले, १५ वडामा कांग्रेस, १० वडामा माओवादी केन्द्र, दुईमा एकीकृत समाजवादी र एउटामा सङ्घीय लिम्बूवान मञ्च विजयी भएको छ। त्यस्तै ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।  

प्रतिक्रिया