विराटनगर महानगरमा नागेश कोइरालालाई ४२ सय मतको अग्रता

काठमाडौं- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ४ हजार २०० मतको अग्रता बनाएका छन्। 

कोइरालाले १६ हजार ४५५  मत प्राप्त गर्दा एमालेका सागरकुमार थापाले १२ हजार २५५ मतसहित पछ्याइरहेका छन्। 

यता, उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले १४ हजार ११३ मत प्राप्त गरेकी छन्। 

उनको निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट जसपा उम्मेदवार अमरेन्द्र यादवले ८ हजार ४३२ मत पाएका छन्। उनी जसपा अध्यक्ष उपेन्द्र यादवको छोरा हुन्।

प्रतिक्रिया