यस्तो छ ४८५ स्थानीय तहको मतपरिणाम

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनको जारी मतगणनाको परिणाम आउनेक्रम जारी छ । बुधबार राति ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि भएअनुसार ४८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मुलुकभर ७५३ पालिकाका लागि ३५ हजार २२१ पद छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्लाका २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकका मत परिणाम प्राप्त भइरहेको छ । मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ३८ स्थानमा जीत हासिल गरी ३९ स्थानमा अग्रता कायम गरेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा १४ स्थानमा जीत र नौ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा तीन स्थानमा जीत र आठ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले सात स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा कांग्रेसले ५७ स्थानमा जीत हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ४५ स्थानमा जीत हासिल गरी ६० स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपप्रमुख पदमा २१ स्थानमा जीत र ११ स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले सो पदमा पाँच स्थानमा जीत र चारमा अग्रता कायम गरेको छ । अन्यले तीन स्थानमा विजय हासिल गरी २० स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसले १५० स्थानमा जीत हासिल गरी २९ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९९ स्थानमा जीत हासिल गरी २५ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले अध्यक्ष पदमा ८१ स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जीत र १० स्थानमा अग्रता कायम गरेको छ । अन्यले १५ स्थानमा विजय हासिल गरी १२ मा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १४५ स्थानमा जीत हासिल गरी ३४ मा अग्रता कायम गरेको छ । सो पदमा एमालेले ९७ स्थानमा जीत हासिल गरी २७ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले उपाध्यक्षमा ८१ स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादीले १० स्थानमा जीत र सात स्थानमा अग्रता कायम गरेको छ । अन्यले १३ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका स्थानीय तहका वडाध्यक्षमा कांग्रेसले दुई हजार ८० मा जीत हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ६०९ मा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडाध्यक्षमा ८७९ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जीत र १२ मा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ४३७ स्थानमा विजय हासिल गरी १२ स्थानमा अग्रता कायम गरेका छन् ।

महिला सदस्यमा कांग्रेसले दुई हजार ४६ मा जीत हासिल गरी ५९ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७४५ स्थानमा जीत हासिल गरी ८३ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले महिला सदस्यमा ८१८ स्थानमा जीत र १५ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १७० स्थानमा जीत र १२ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३९२ स्थानमा विजय हासिल गरी नौ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्यमा कांग्रेसले एक हजार ९८२ मा जीत हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले एक हजार ७२७ स्थानमा जीत हासिल गरी ७९ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले दलित महिला सदस्यमा ८२५ स्थानमा जीत र १४ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा १६९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३७९ स्थानमा विजय हासिल गरी सात स्थानमा अग्रता कायम गरेका छन् ।

यस्तै वडा सदस्यमा कांग्रेसले चार हजार १११ मा जीत हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा एमालेले तीन हजार ५४५ स्थानमा जीत हासिल गरी ८६ मा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले वडा सदस्यमा एक हजार ५१८ स्थानमा जीत र १५ मा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टी नेपालले सो पदमा ३३९ स्थानमा जित र १३ स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले ८०४ स्थानमा विजय हासिल गरी पाँच स्थानमा अग्रता कायम गरेका छन् । विसं २०७४ मा पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका आधारमा यही जेठ ५ गते स्थानीय सरकारका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ ।


 

प्रतिक्रिया