देवदहको मेयर र उपमेयरमा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा ध्रुव खरेल निर्वाचित भएका छन् । खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरेका छन् । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३२३ मत पाए ।

खरेलसँग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिव समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए । त्यसैगरी उपमेयरमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। २०७४ सालमा उपमेयर निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई पराजित गरेकी हुन् ।
 

प्रतिक्रिया