दोधारा चाँदनीको मेयरमा एमाले विजयी

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बू निर्वाचित भएका छन् । बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू मेयरका निर्वाचित भएका हुन् । लिम्बूले सात हजार १०४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी भट्टले छ हजार १७१ मत ल्याएका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनी छ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरिन् ।

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक÷एक पालिकामा जित निकालेको छ ।

प्रतिक्रिया