पार्टीको खराब प्रदर्शनको जिम्मा लिँदै समाजवादीका खेम भण्डारीले दिए राजीनामा

महेन्द्रनगर। स्थानीय निकायको निर्वाचनमा पार्टीले लज्जाजनक प्रदर्शन गरेको भन्दै नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य खेम भण्डारीले पदबाट राजीनामा गरेका छन्। 

उनी भीमदत्त नगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक थिए। उनले आफ्नो नेतृत्वमा पार्टीले राम्रो नतिजा ल्याउन नसकेको भन्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्। पार्टीमा भने आफू क्रियाशील रहने उनको भनाई छ। 

‘राजीनामा हुलाकमार्फत प्रदेश अध्यक्षलाई पठाएको छु,’ उनले भने। भण्डारी आफै भीमदत्त नगरपालिकाको मेयर आकांक्षी थिए। अन्तिम समयमा पछि हट्दै उनले जिल्ला उपसचिव राजेन्द्र पाण्डेको नाममा सहमति जनाएका थिए। मेयरका अर्का आकांक्षी लोकविक्रम थापाले टिकट नपाएको निहुँमा पहिले नै पार्टी परित्याग गरिसकेका छन्। 

भीमदत्तमा हाल मतगणना कार्य भइरहँदा नेपाली कांग्रेसका पदम बोगटी १६ सय ३९ मतसहित अग्रस्थानमा छन्। समाजवादीका पाण्डे ४४२ मतका साथ चौथो स्थानमा छन्। 
 

प्रतिक्रिया