४०५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, कांग्रेस पहिलो स्थानमा

काठमाडौं– ४०५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। 

बुधबार बिहान ६ बजेसम्मको परिणाम अनुसार पहिलो दलको रुपमा नेपाली कांग्रेस अगाडि रहेको छ। कांग्रेसले १८४ पालिकामा प्रमुख  र १७० पालिकामा उपप्रमुख जितेको छ।  

दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले ११४ स्थानमा प्रमुख र ११६ पालिकामा उपप्रमुख जितेको छ।  

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ। माओवादी केन्द्रले प्रमुखमा ८२ स्थानमा जित हात पारेको छ भने उपप्रमुखमा ८६ स्थानमा जित हात पारेको छ।  

एकीकृत समाजवादीले प्रमुखमा ७, जनता समाजवादीले ५, राप्रपाले २  र  अन्यले १२ स्थानमा जित हात पारेका छन् । 

अहिलेसम्म कांग्रेस ११२, एमाले ८४, माओवादी ४९, जसपा २९, लोसपा १२, राप्रपा ३ र अन्य दलले १९ स्थानमा अग्रता कायम गरिरहेका छन्। 

६ महानगरमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह र ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन अघि रहेका छन्।

यता, पोखरामा नेकपा एकीकृतका धनराज आचार्य, भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल, विराटनगरमा कांग्रेसका नागेश कोइराला र वीरगञ्जमा जसपाका राजेशमान सिंह अघि रहेका छन्।

प्रतिक्रिया