भरतपुरमा रेनु १३४४ मतले अगाडी

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १३४४ मतको अग्रता लिएकी छन्।

२६ हजार २६ मत गन्दा दाहालले ९ हजार ३६३ मत पाएकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत पाएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार १३६ मत पाएका छन्। राप्रपाकी हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छन्।

भरतपुरमा सत्तागठबन्धनले चुनावी तालमेल गरेको  छ भने एमाले र राप्रपाको तालमेल छ। 

प्रतिक्रिया