काठमाडौं– वैशाख ३० गते मतदान स्थगित भएका गण्डकी, कर्णाली र मधेश प्रदेशका विभिन्न १५ स्थानमा आज बुधबार मतदान हुने भएको छ।
तनहुँको व्यास नगरपालिका– ४, हुम्लाको चंखेली नगरपालिका– २, बाराको पचरौता नगरपालिका नेरा प्रावि– २, श्रीनगर प्रावि र पचौतारा– ४ मा आज निर्वाचन हुन लागेको छ।
त्यस्तै रौतहटको देवी गोनाही नगरपालिका– १ र २, गढीमाई नगरपालिका ३ र ६, बौधिमाई नगरपालिका १, २, ९ र गरुडा नगरपालिका–७ मा निर्वाचन हुन लागेको हो।
निर्वाचन सम्पन्न भएपछि आजै ती स्थानहरूमा मतगणना प्रारम्भ हुनेछ।
प्रतिक्रिया