बालेनले लिए ७ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्। उनले १५ हजार ४०२ मत पाएका छन्। 

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अग्रता लिइरहेका छन्।

एमालेका स्थापितले ८ हजार २८८ र कांग्रेसकी सिंहले ७ हजार २९० मत पाएकी छन्।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ। महानगरमा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ।

प्रतिक्रिया