‘केजीएफ–२’ १२०० करोड क्लबमा समावेश हुने तेस्रो भारतीय फिल्म

मुम्बई। दक्षिण भारतीय चलचित्र केजीएफ–२ ले भारतीय सिने उद्योगमा अर्को उपलब्धी कायम गरेको छ। उसले रिलिजको ३२ दिनमा विश्वव्यापी १२ सय करोडको आम्दानी गरेको छ। १२ सय करोड क्लबमा समावेश हुने केजीएफ–२ भारतको तेस्रो फिल्म हो। 

यशद्धारा अभिनित यस फिल्मले ३२ औं दिनमा मात्र ९ दशमलव ५२ करोड रुपैयाँ कमाईं गरेको थियो। आमिर खानको दंगल र एसएस राजामौलीको बाहुबली–२ पछि विश्वव्यापी रूपमा १२ सय करोड क्लबमा समावेश हुने केजीएफ–२ तेस्रो भारतीय सिनेमा हो। 

भारतीय भाषाका फिल्महरूले राम्रो कमाईं गर्न नसकिरहेको बेला क्षेत्रिय फिल्मको सफलताले भारतमा बहसको माहौल खडा भएको छ। केजीएफ–२ को हिन्दी भर्जनले मात्र ४२१ दशमलव ८८ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। 
 

प्रतिक्रिया