निना गुप्ताको बायोपिक बन्ने

दिल्ली। वेष्ट इन्डिजका पूर्व स्टार क्रिकेटर भिभियन रिचर्ड्ससँगको अफेयरका कारण चर्चामा रहेकी बलिउड अभिनेत्री निना गुप्ताको निजी जिन्दगीमा आधारित बायोपिक बन्ने भएको छ। विवाह नगरे पनि यो जोडीबाट एउटा छोरीको जन्म भएको थियो। जसको नाम मसाबा हो। 

निनाले सन् २००८ मा विवेक मेहरासँग विवाह गरेकी थिइन। उनको विषयवस्तुमा आधारित भएर बायोपिक निर्माण गर्न फिल्म निर्माताहरू लालायित रहेको भारतीय अखबारहरूले बताएका छन्। 

निनाले गत वर्ष आफ्नो बायोग्राफी ‘सच कहुँ तो’ सार्वजनिक गरेका थिए। जुन निकै लोकप्रिय भएको थियो। निनाले बायोपिकका लागि निर्माताहरूले सम्पर्क गरिरहेको बताएकी छिन्। 
 

प्रतिक्रिया