काठमाडौं– काठमाडौं महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणाम अनुसार बालेनले ९ हजार ६१४ मत पाएका छन्। उनलाई एमालेका केशव स्थापितले ५ हजार १५७ मतका साथ पछ्याइरहेका छन्।
यस्तो छ मेयर पदका प्रमुख तीन उम्मेदवारलाई प्राप्त मत -
बालेन शाह/स्वतन्त्र- ९६१४
केशव स्थापित/एमाले- ५१५७
सिर्जना सिंह/कांग्रेस- ४४७७
प्रतिक्रिया