म्याग्दीको मंगला गाउँपालिकामा एमाले विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका छन् । रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेकबहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पेमा अधिकारी सवैभन्दा धेरै ४ हजार २ सय ६१ मत लिएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिए ।

उता मङ्गला– ५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । मङ्गलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १,२ र ५ गरी ३ वडा जितेको छ भने माओवादीले वडा नं ३ र कांग्रेसले वडा नं ४ बरंजामा जित हासिल गरेको छ ।

प्रतिक्रिया