सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको  कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ ।’

280664249_565274044963251_7259362160995412944_n

280532970_565274051629917_6146921748952397391_n

281232083_565274061629916_5615178303461196796_n

प्रतिक्रिया