युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै

काठमाडौं– युक्रेनको राजधानी किएभमा जनजीवन सामान्य बन्दै गएको संकेत देखिएको छ । किएभमा जारी कर्फ्यूलाई केही खुकुलो बनाइएको छ।

सहरका मेयर र पूर्व हेवीवेट बक्सिङ विश्व च्याम्पियन भिटाली क्लिट्स्कोले आइतबारदेखि रातिको कर्फ्यू एक घण्टा ढिलो अर्थात् बिहान ११ बजेदेखि सुरु हुने बताए।

कर्फ्यू बिहान ५ बजेसम्म जारी रहनेछ । सोमबारदेखि सार्वजनिक यातायात पनि लामो समय चल्ने मेयरको भनाइ छ ।

तर, उनले रूसी रकेट हमलाको खतरा रहेको भन्दै नागरिकहरूलाई कर्फ्यूका नियमहरू पालना गर्न आग्रह गरे।

प्रतिक्रिया