पुटिनसँग वार्ता गर्न तयार छु : युक्रेनी राष्ट्रपति

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न आफू तयार रहेको तर मध्यस्थकर्ता नहुने बताएका छन्।

जेलेन्स्कीले इटालियन टिभी च्यानल राय १ सँगको कुराकानीमा उक्त कुरा बताएका हुन्। उनले भने,‘ म पुटिनसँग मात्र वार्ता गर्ने छु र यो वार्ताका सर्तहरूमा हुनेछ।’

रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि वार्ताको पहिलो चरण हुने उनले बताए।

‘रुसले बुका, बोर्ड्यान्का वा मारियुपोलमा जति धेरै क्रुरता, दमन गरिरहेको छ, रुससँग वार्ता गर्न त्यति नै गाह्रो हुने छ,’ उनले भने।

युक्रेन र रुसले मार्च २९ देखि आमनेसामने वार्ता गरेका छैनन् र मस्कोका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले शान्ति वार्ता टाढाबाट भइरहेको बताए।

प्रतिक्रिया