बाजुरामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि कर्फ्यू

काठमाडौं– बाजुरामा कर्फ्यू आदेश जारी गरिएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच झडप भएपछि शुक्रबार राति ८ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको हो।

बुढीनन्दा नगरपालिका ७, ८,९ र १० तथा बुढीगंगा नगरपालिकाको २,३,४,५ र ९ मा झडप भएर स्थिति नियन्त्रण बाहिर  गएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। 

दुवै नगरपालिकाका ती वडाअन्तर्गत सम्पूर्ण क्षेत्रमा कसैले आवतजावत गर्न, भेला जम्मा हुन, नाराबाजी गर्न र हिंसात्मक गतिविधि गर्न नदिने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो।

आदेशको बर्खिलाप हुने गरी गतिविधिहरू भएमा सोही ऐन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जारी गरेको सूचनामा भनिएको छ।

प्रतिक्रिया