३९० जना निर्विरोध निर्वाचित

काठमाडौं– स्थानीय तहको निर्वाचनमा हालसम्म ३९० निर्विरोध निर्वाचित भएका छन्। मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन्। निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो। यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो।

वैशाख १२ गते उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच तथा उजुरीउपर जाँचबुझ र निर्णय, १६ गते उम्मेदवारी फिर्ता र १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो।

निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए। आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए भने १४ वटा दलले एउटा पनि उम्मेदवारी मनोनयन दर्ता नगराएको आयोगले जनाएको छ। यसपटकको निर्वाचनमा हरियो मसीले मतपत्रको छपाइ गरिएको छ।

निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन्। ६५ हजार ८६५ स्वयम्सेवक र पाँच हजार पर्यवेक्षक खटिइएको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया